Light Nepal

समाजले आफ्नो प्रेमलाई स्विकार नगरेपछि बिमल र बिनाले गरे यस्तो निर्णय (भिडियोसहित)

काठमाडौं, २९ पुस । बिमल अधिकारी लोकदोहोरी क्षेत्रमा एक परिचित र सफल मानिएको नाम हो । अधिकारीले अभिनयसंगै गीत लेखनमापनि सफल कलाकारका रुपमा आफ्नो परिचय बनाउन सफल भैसकेका छन् । अधिकारीले लेखेका १५० जति गीत बजारमा आईसकेका छन् सबै गीतलाई दर्शक श्रोताले अत्यधिक रुचाएकापनि छन् ।

उनै अधिकारीको शब्दमा भर्खरैमात्रै ‘काली तरौला’ बोलको लोकदोहोरी गीत बजारमा आएको छ । भिडियोसहित बजारमा आएको उक्त गीतमा यस्ता छन् शब्द
‘सबथोक त्यागी आकी छु शरणमा, साथ दिनु है जिवन र मरणमा
पाउन्नौ खुशी अब यहाँ मागेर, गरौला केहि जाउ सानु भागेर
काली तरौला, म जस्तो अभागीलाई साथ दिन्छौ भने त संगै, संगै बाँचौला, संगै मरौला ‘ ।

स्वयं गीतकार अधिकारी र बिना तामाङले यस गीतमा अभिनय गरेका छन् । एकअर्काकालाई माया गर्ने जोडीलाई समाजले स्विकार गर्न नमानेपछिको यथार्थलाई गीतमा समेटिएको छ । जात नमिलेर समाजले छुटाउन खोज्दाखोज्दैपनि भागेर धेरै टाढा गएर अर्को आफ्नो अलग्गै संसारमा रमाउला, एकअर्कालाई हरेक मोडमा साथ दिउला यस्तै भावलाई अभिनयमा उतारेका छन् अधिकारी र तामाङले ।

गीतमा विष्णु माझी र मोहन खड्काको आवाज रहेको  छ भने अमित बाबु रोकायको संगीत छ । गीतलाई कपिल लामाले निर्देशन गरेका हुन्

भावना म्युजिक बजार व्यवस्थापन गरेको गीत भने बिना तामाङको हो । गीत म्युजिक नेपालको आधिकारीक युटुव च्यानलबाट बजारमा आएको हो । भावना म्युजिकले अहिले सम्म बजारमा ल्याएको प्राय सबै गीत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्