Light Nepal

खप्तड गोल्डकप: आज मनाङ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने

काठमाडौं, २९ पुस । तेस्रो सस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा आज लिग बिजेता मनाङ मर्स्यादी र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुदैछ ।

दोस्रो क्वार्टरफाइनल अन्तर्गत भिड्न लागेका दुवै टोलीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । भर्खरै सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा मनाङ च्याम्पियन भएको थियो । पुलिसले छैठौं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो ।

मनाङ सिधै बाई पाएर क्वाटर्फाइनल खेल्न लागेको हो । लिगमा मनाङसंग ब्यहोरेको १–० को हारको बदला लिने अवसर पुलिसलाई प्राप्त छ । यसअघि मोरङ एघारलाई ३–० ले हराउँदै पुलिसले मनाङसंगको भेट पक्का गरेको हो ।

आजको खेलको विजेताले पुस ३ गते फाइनल प्रबेशका लागि संकटा क्लब र क्यामरुनको क्लबबीचको विजेतासंग खेल्नेछ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।

उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५÷१५ हजार रुपैयाँ पाउने छन् ।प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्