Light Nepal

महिला क्रिकेट टिमलाई बधाई, इन्डोनेसियालाई फराकिलो अन्तरले हराउँदै नेपाल पुग्यो फाइनलमा

काठमाडौं, ४ माघ । नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै टी–२० म्स्याश क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । केही बेर अघि थाइल्याण्डमा नेपालले इन्डोनेसियालाई पराजित गर्न सफल भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११९ रन बनायो ।

नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् । त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सीता रानामगरले ७० रनको साझेदारी गर्दै नेपाली टिमलाई तीन अंकको योगफलमा पुर्‍याएको खेल निकै रोमाचक मोडमा पुगेको थियो ।

कसिलो बलिङसामु इन्डोनेसिया ११ ओभरमा मात्र २७ रनमा अलआउट भयो । उसका कुनै पनि खेलाडी धेरै समय क्रिजमा टिक्न सकेन । उसले मात्र ११ रन हुँदा पहिलो विकेट गुमाएको थियो भने ३२ रन बनाउँदा ७ विकेट खेर फाल्यो । इन्डोनेसियाकी युलियाले सर्वाधिक १३ रन बनाइन् । नेपालका लागी रुविना क्षेत्रीले तीन विकेट लिइन् भने दुई खेलाडीलाई रन आउट गरिन् । यस्तै, कविता कुवँर, सरिता मगर, सीता रानामगर र नेरी थापाले एक–एक विकेट लिन सफल भएको खेल हेर्न लाय बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्