Light Nepal

फोहरको डंगुरमा भेटिएका राईको मर्मस्पर्सी जीवन कथा (भिडियो हेर्नुस्)

काठमाडौं, ४ माघ । धनगढी घर बताउने हस्तवहादुर राई काठमाडौं महानगरपालिका डल्लु स्थित बागमति किनारमा विक्षिप्त अवस्थामा भेटिएका थिए । उनलाई मानवसेवा आश्रमका अधिकारीहरुले मानसिक सन्तुलन गुमाएको अवस्थामा उनलाई उद्यार गरेको हो । मानव सेवा आश्रमका अधिकारीहरु उनलाई उद्यार गर्न जाँदा ढुँगाले हानिरहेका थिए ।

कसैलाई नजिक पनि पर्न नदिने उनी नजिक जान पनि नसकिने अवस्थाका थिए । बाटोमा कोही महिला देख्योकी झम्टने तथा कोही नजिक जान खोज्यो भने ढुंगाले हानेर भगाउने राईको अहिले जीवन फेरीएको छ । अहिले उनको जीवन मात्र फेरीएको छैन राईले आफुजस्तै अन्य असहायहरुको जीवन उनले फेरीदिएका छन् ।

फोहरको डंगुरमा जीवन हुर्काइरहेका उनलाई मानवसेवा आश्रमले दोस्रो जीवन दिएको हो । उनी अहिले आश्रममा आफुजस्तै अन्य असहायहरुको साथ पाएर खुसी छन् । त्यहाँ पुगे पछि उनले जीवन आफ्नो मात्र दुखी होइन रहेछ भन्ने बुझे । उनी बाग्मती किनारमा भेटिदाको अवस्था भने बयान गरी साध्य छैन । फोहरको डंगुरमा बसेका उनलाई उद्यार गर्न गएकाहरुको ज्यान नै खतरामा थियो । राईले ढुंगाले हानिरेहको दृष्य भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्