Light Nepal

अमेरिका र चीन बीचको व्यापार युद्ध केही मथ्थर हुने संकेत

काठमाडौं, १८ माघ । अमेरिकाका व्यापार प्रतिनिधी रोबर्ट लाइटहाइजरले अमेरिका र चीन बीचको दुईपक्षीय व्यापार युद्ध मथ्थर पार्न उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभएको छ ।

वासिङ्टनमा सम्पन्न दुई दिने बैठकमा अमेरिकी र चिनियाँ प्रतिनिधीहरुले दुई मुलुकबीचको व्यापारिक तनाव गर्नका लागि सकारात्मक छलफल भएको लाइटहाइजरले बताउनुभयो ।

अमेरिकाका अर्थमन्त्रीले छिटै चीनको भ्रमण गर्ने जानकारी गराउँदै लाइटहाइजरले दुई मुलुकबीचको व्यापारीक तनाव अन्त्य गर्नका निम्ती सो भ्रमण फलदायी हुने दाबी गर्नुभएको छ ।

यद्यपी उहाँले अमेरिका र चीनबीचको व्यापारिक तनाव पूर्ण रुपमा अन्त्य हुन्छ वा हुन्न भन्ने बारेमा भने कुनै प्रतिक्रिया दिनुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्