Light Nepal

अमेरिकाद्वारा आईएनएफ सन्धि तोडेको घोषणा

काठमाडौं, १९ माघ । अमेरिकाले इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्स (आईएनएफ) सन्धि तोडेको घोषणा गरेको छ । १९८७ मा तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोभाचोभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले यस सन्धिमा हस्ताक्षर गरेको सन्धि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तोडिएको घोषणा गर्नुभएको हो ।

आईएनएफले जमिनबाट मार हान्ने मध्यम दुरीको मिसाइलको परीक्षण र परिचालनलाई रोक्ने काम गर्छ । यी मिसाइलबाट ५ सयदेखि ५ हजार ५ सय किलोमिटर टाढासम्म मार हान्न सकिन्छ ।

लामो समयदेखि रुसलाई धम्काउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तमा कडा रवैया देखाउँदै आईएनएफ सन्धि स्थगित गर्नुभएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्