Light Nepal

भेनेजुएलाका राष्ट्रपति मादुरोको चेतावनीको खण्डन गर्दै विपक्षी नेता गुवाइदो

काठमाडौं, २२ माघ । भेनेजुएलाका विपक्षी नेता हुँवा गुवाइदोले देशमा गृहयुद्ध निम्तिने राष्ट्रपति निकोलस मादुरोको चेतावनीलाई खण्डन गर्नुभएको छ । गुवाइदोले गृहयुद्धको कल्पना गर्नु हाँस्यास्पद भएको टिप्पणी गर्दै मादुरोको चेतावनी खण्डन गर्नुभएको हो ।

यसअघि राष्ट्रपति मादुरोले अमेरिका लगायतका देशले गुवाइदोलाई उकासेको भन्दै राजनितिक संकट कायमै रहेमा गृहयुद्ध हुने चेतावनी दिनुभएको थियो ।

यसैविच आफूलाई अन्तरिम राष्ट्रपति घोषित गर्नुभएको गुवाइदोलाई अमेरिका लगाएतका विभिन्न युरोपेली राष्ट्रले समर्थन गरेका छन् । राष्ट्रपति निकोलस मदुरोलाई भने रूस र चीनले साथ दिएका छन् । राजनीतिक संकट गहिरिदै गएपछि भेनेजुएलामा आर्थिक संकट चुलिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्