Light Nepal

फेसवुकमा आयो नयाँ फिचर: आफुले पठाएको म्यासेज १० मिनट भित्र डिलिट गर्न सकिने, यसरी गुर्नुहोस् डिलिट

काठमाडौं । फेसबुकले नयाँ फिचर प्रदान गरेको छ। हिजो मंगलबारदेखि फेसबुकले म्यासेज डिलेट फिचर प्रदान गरेको हो। यस फिचर अन्तर्गत अब फेसबुक प्रयोगकर्ताले म्यासेन्जरमा पठाएको म्यासजे सबैकालागि दश मिनेट भित्र डिलेट गर्न सक्नेछन्। गत जनवरीमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले यस फिचर ल्याउने बताएका थिए।

कसरी डिलेट गर्ने म्यासेज

फेसबुकमा जोडिएका कसैको म्यासेज बक्समा आफूलाई नरुच्ने खालको म्यासेज गए। त्यस म्यासेज तपाईले दश मिनेट भित्र डिलेट गर्नसक्नु हुनेछ। यसरी डिलेट भएको म्यासेज पहिलेजस्तो अर्को प्रयोगकर्ताले देख्ने छैनन्।

डिलेट गर्न चाहेको म्यासेज दश मिनेट भित्र क्लिन गर्नुहोस्।

त्यहाँ रिमुभ अप्सन देखिनेछ। त्यसमा क्लिक गर्नुहोस्।

त्यहाँ रिमुभ फर यू र रिमुभ फर इभरीवन अप्सन देखिनेछ।

रिमुभ फर इभरीवनमा क्लि गर्नुहोस्।

म्यासेज सबैका लागि डिलेट हुनेछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्