Light Nepal

बिमल र सायालाई के यस्तो हुन लेखेको ? (भिडियोसहित)

काठमाडौं, माघ २७ । बिमल अधिकारी लोकदोहोरी क्षेत्रमा एक परिचित र सफल मानिएको नाम हो । अधिकारीले अभिनयसंगै गीत लेखनमापनि सफल कलाकारका रुपमा आफ्नो परिचय बनाउन सफल भैसकेका छन् । अधिकारीले लेखेका १५१ जति गीत बजारमा आईसकेका छन् सबै गीतलाई दर्शक श्रोताले अत्यधिक रुचाएकापनि छन् ।

उनै अधिकारीको शब्दमा भर्खरैमात्रै ‘सुन सबैले सुन भाग २ के यस्तो हुन लेखेको’ बजारमा आएको छ । गीतले छोटो समयमानै दर्शक, श्रोताको मन जित्न सफल बनेको छ । भिडियोसहित बजारमा आएको उक्त गीतमा यस्ता छन् शब्द
‘कहिले खुशी दिएन चोटले
हास्नै भुले यि मेरा ओठले, के यस्तो हुन लेखेको यो दुखिको मन, नरोउ, नरोउ नभन म यसै दुखि छु करिमैमा रुन लेखेको’

स्वयं गीतकार अधिकारी र साया भण्डारी र सुमन ढकालले यस गीतमा अभिनय गरेका छन् । भारतीय सेनामा कार्यरत पाल्पा रामपुरका स्थायीबासिन्दा ढकालले भावना म्युजिक सोलुशन माफ्त यो गित बजारमा ल्याएका हुन् । गीतमा विष्णु माझी र मोहन खड्काको आवाज रहेको छ भने खेम सेन्चुरीको संगीत छ । गीतलाई कपिल लामाले निर्देशन गरेका हुन्

भावना म्युजिक बजार व्यवस्थापन गरेको गीत भने बिना तामाङको हो । गीत म्युजिक नेपालको आधिकारीक युटुव च्यानलबाट बजारमा आएको हो । भावना म्युजिकले अहिले सम्म बजारमा ल्याएको प्राय सबै गीत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्