Light Nepal

प्रदिप र जसीताको ‘लभ स्टेशन’ २२ चैतमा, कस्तो रहला त ?

काठमाडौं, माघ २७ । चलचित्र ‘लभ स्टेशन’ २२ चैत देखि प्रदर्शनमा आउने भएको छ । प्रदिप खड्का र जसीता गुरुङ अभिनित चलचित्रकोे रोमान्टिक गीत भियतनामको विभिन्न ठाउँमा छायाँकन पश्चात निर्माण टिम नेपाल फर्किएको छ ।

शिशिर खातीको कोरियोग्राफीमा गीतको छायाँकन सकेर नेपाल आए लगत्तै निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो । यसअघि अमेरिका र भियतनाम युद्ध सम्बन्धि चलचित्रसहित किङकङ, एनाकोण्डा जस्ता हलिउड चलचित्र छायाँकन भएको भियतनामको लोकेशनमा ‘लभ स्टेशन’को ‘घाम जुन नै चाहिँदैन’ बोलको गीत छायाँकन गरिएको हो ।

पारिवारिक प्रेमकथामा आधारित ‘लभ स्टेसन’लाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही ९क्रिसु० र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाले चलचित्रलाई छायांकन गरेका हुन् ।

निर्माण टिमका अनुसार उक्त गीतको भिडियो ‘भ्यालन्टाईन’को डेको पारेर २ फागुनमा रिलिज गरिनेछ । उज्ज्वल घिमिरेले निर्देशन गरेको चलचित्रमा प्रदिप र जसीताको अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्