Light Nepal

‘संगीत रोयल्टी संकलन समाज नेपाल’ मा महेश खड्का निर्वाचित

काठमाडौं, माघ २७ । गीतकार तथा संगीतकारहरुको छाता संगठन ”संगीत रोयल्टी संकलन समाज नेपाल” को माघ २६ गते अधिबेशन सम्पन्न भएको छ । यस समाजले गीतकार र संगीतकारहरुलाई रोयल्टी प्रदान गर्ने गर्दछ ।

माघ २६ गते अध्यक्ष सुरेश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको अधिबेशनमा नव निर्वाचित अध्यक्ष पदमा महेश खड्का अत्याधिक मतले बिजयी भएका छन् भने सदस्य पदमा सबैले निर्बिरोध रुपमा निर्वाचित भएका छन् ।

जस मध्य श्रीकृष्ण बम मल्ल, पिएन सापकोटा, शशी शर्मा मजगैया, सुमन बैरागी, चन्द्र शर्मा, शिरीष देबकोटा, बिपीन किरण, सुवास रेग्मी, बिक्रम राई, अमृत खाती आदी निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्