Light Nepal

बिग बासमा सन्दीपले आफ्नो टोलिलाई पुर्याए सेमिफाइनलमा

काठमाडौं । बिग बास खेल्न अष्ट्रलिया पुगेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरेका छन् । उनको राम्रो प्रदर्शनका कारण अस्ट्रेलियन बिग बास लिगमा सन्दीप लामिछानोको टोली मेलबर्न स्टार्सले अन्तिम चारमा स्थान बनाएको छ।

सिड्नी सिक्सर्सलाई ९४ रनले पराजितगर्दै मेलबर्न सेमिफाइनलमा प्रवेश गरेको हो। गर या मरको अवस्था चिर्दै मेलबर्नले सेमिफाइनल चरणमा स्थान बनाएको हो। आजको खेल पराजित भएको भए मेलबर्न प्रतियोगिताबाट बाहिरिने थियो।

टस हारेर सुरुवाती व्याटिङ गरेको सन्दीपको टोली मेलबर्नले पुरा २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो। १ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी मेलबर्नको बलिङ सामु निरिह बन्यो। सिड्नी १३ दशमलब ४ ओभरमा मात्र ७४ रनमा अल आउट भयो।

मेलबर्नका लागि नेपाली खेलाडी सन्दीपले शानदार बलिङ गरे। उनले सिड्नी विरुद्ध सर्वाधिक ३ विकेट हात पारे। उनले ३ दशमल ४ ओभर बलिङ गर्दा टोम कुरान, बेन ड्वारह्वीस तथा लोयड पोपलाई आउट बनाए। उनले ३ विकेट लिन मात्र ११ खर्च गरे।

खेलको म्यान अफ दि म्याच मेलबर्नका कप्तान ग्लेन म्याक्सवेल घोषित भए। उनले मेलबर्नलाई जिताउन ८२ रन बनाएभने सिड्नीको एक विकेट हात पारे। जितसँगै सन्दीपको टोली बिग बासको चौथौं स्थानमा रहेर १४ अंकसहित सेमिफाइनल प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्