Light Nepal

मृत्यु मार्गका रुपमा चिनिने सिद्धबाबामा अब जाँदैन कसैको ज्यान, यसरी भयो सम्भव (भिडियो हेर्नुस्)

बुटवल, २७ माघ । सिद्धार्थ राजमार्गको मृत्यु मार्ग मानिने सिद्धवावा क्षेत्रमा सुरुङ मार्ग निर्माण हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङ बनाउने गुरुयोजना निर्माण गर्न थालि सकेको छ ।

रुपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबा क्षेत्रमा स्विस सरकार विकास सहयोग माफर्त सुरुङ मार्ग निर्माणको लागि भौर्गविक अध्ययान थालिएको छ । ड्रिलिप नेपालले सुरुङ मार्गका लागि गुरुयोजनाको काम गर्नुपुर्व भौर्गविक अध्यायन थालेको हो । ड्रिलिप नेपालले आगामी बैशाखसम्म गुरुयोजना निर्माण गर्नेछ । गुरुयोजनाका लागि सडकको चट्टान परिक्षणको काम भइरहेको छ । चट्टान परीक्षण गर्न प्लानेट नेपालले काम गरिरहेको छ । “हामीले ८० प्रतिशत काम सम्पन्न गरेका छौ” प्लानेट टेस्ट प्रा.लि भौर्गभिक ईन्जिनियर दिवाकर खड्काले भने । प्लानेटले सम्पुर्ण विवरण फेब्रहरी सम्म तयार गरी सुईस सरकारलाई बुझाउनेछ । अहिले जियोफिजिकल टेस्टिङ र जियो टेक्निकल ईन्भेष्टिकेशनको काम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्