Light Nepal

पोखरा कप फुटबलको उपाधि क्यामरुनको दाउफिन्सको पोल्टामा

पोखरा, माघ २७ । पोखरा । पोखरा कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि क्यामरुनी क्लब दाउफिन्सले जितेको छ । आइतबार भएको फाइनलमा दाउफिन्सले सशस्त्र प्रहरीको एपिएफ्लाई १-० पराजित गरेको हो ।

खेलको ५४ औं मिनेटमा यानिकले गरेको गोल नै उपाधिका लागि निर्णायक गोल बन्यो । उपाधिसंगै दाउफिन्सले ७ लाख ५५ हजार रुपैयाँ हासिल ग¥यो । उपविजेता सशस्त्र ४ लाख रुपैयाँमै समेटियो ।

प्रतिक्रिया दिनुहोस्