Light Nepal

फेरी आयो मौशम सम्बन्धि यस्तो खबर, अझ शक्तिशाली र ठूलो वर्षा हुने

काठमाडौं, २८ माघ । बिहीबारबाट लगातार तीन दिन वर्षासँगै परेको हिउँले जनजीवन कष्टकर बनिरहेका बेला फेरि भीषण वर्षा हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भू–भागमा मौसम बदली हुने जनाएको छ । आज काठमाण्डौ पश्चिमको पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना विभागले जनाएको छ ।

यसैबीच मंगलबारबाट अझ धेरै वर्षा गराउने खालको नयाँ प्रणाली भित्रिँदैछ। भोलिदेखि नयाँ खालको प्रणाली भित्रिने सम्भावना रहेको र अहिलेको भन्दा शक्तिशाली र ठूलो वर्षा गराउने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्