Light Nepal

वर्षाले रोकिएको धनगढी प्रिमियर लिगका खेल आजदेखि

धनगढी, २८ माघ । प्रतिकूल मौसमका कारण दुई दिन पर सरेको धनगढी प्रिमियर लिग (डीपीएल) आजबाट सुरु हुने भएको छ । शनिबारबाट हुने भनिएको डीपीएलको तेस्रो संस्करण वर्षाका कारण स्थगित भएको थियो ।

सोमबारबाट नियमित रूपमा खेल सञ्चालन हुने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए । सोमबारको पहिलो खेल घरेलु टोली धनगढी स्टार्स र काठमाडौं गोल्डेन्सबीच हुनेछ।

फाप्ला क्रिकेट मैदानमा गत वर्षदेखि माटो फिलिङ गरिएकाले वर्षाका कारण हिलाम्य भएपछि प्रतियोगिता दुई दिन पर सार्न परेको हो । कार्यक्रमको उद्घाटन भने शनिवार नै गरिएको थियो ।
प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अम्पायर मोहम्मद सफिकलाई ब्याट र बल दिएर शनिबार नै उद्घाटन गरेका थिए।

डीपीएलको तेस्रो संस्करणमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन, विराटनगर किङ्स र रूपन्देही च्यालेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्