Light Nepal

मेघाको दुवै हात गुमेपछि विकासले तिरस्कार गरेकै हुन् त ? यसो भन्छन् विकासका छिमेकी (भिडियो हेर्नुस्)

काठमाडौं, २८ माघ । विराटनगरकी मेघाले आफु अपाङ भएपछि आफुलाई श्रीमान विकासले छोडेको भनेर भिडियोमा आएपछि अहिले त्यो विषय विवादित भएको छ ।

विकासले आफुले पत्नीलाई माया गर्ने र मेघाले चाहे परिवारमा मिलेर बस्ने बताएका छन् । तर मेघाले भने करेन्ट लागेर आफ्नो दुवै हात गुमे पछि पति विकासले रेखदेख नगरेको बताएकी छन् । उनले आफु अहिले सम्म माइतीको शरणमा बसेको बताएकी छन् ।

तर विकासले भने मेघाको आमाले घर ल्याउन नदिएको बताएका छन् । उनले आफुले जे खान्छु जसरी बस्छु त्यसरी नै राख्छु भनेर लिन जाँदा आमाले ल्याउन नदिएको बताएका छन् । यि दुई बिचको कुरा विवादास्पद भएपछि वास्तविकता बुझ्न विकासको छिमेकीकहाँ पुग्दा उनीहरुको यस्तो कुरा आएको छ । उनीहरुले विकासले खानलाउन नदिएको र औषधि उपचार पनि नगरेको भन्ने मेघाको आरोप झुटो भएको बताएका छन् । उनीहरुले अरु के के भन्छन् भिडियोमा हेर्नुस् ।

प्रतिक्रिया दिनुहोस्