Light Nepal

मेघालाई घरमा ल्याउन उनको आमाले नदिएको हो भनेर विकासले आरोप लगाए पछि मेघाको आमा–बुवाले खोलिन् यस्तो रहस्य (भिडियो हेर्नुस्)

काठमाडौं । मेघाको दुवै हात गुमेपछि श्रीमान टाढीएको भनेर मिडियामा भनेपछि मेघाले झुटो बोलिन् भन्दै विकास मिडियामा आएपछि अहिले यो विवाद चुलिएको छ । उपचारका लागि काठमाडौं आएकी मेघा विवादकै कारण उपचार नगरी फेरी विराटनगर फर्केकी छन् । विवाद भएपछि वास्तविकता वाहिर नआउन्जेल केही सहयोग समेत रोकिए पछि मेघा फेरी विराटनगर फर्केकी हुन् ।

कृष्ण ओलीलाई धेरै ठाउँवाट सहयोग आएर कृतिम खुट्टा लगाए पछि मेघाका लागि पनि सहयोग उठ्न थालेको थियो । तर यस्तो विवादका कारण उनलाई कृष्णलाई जस्तै आइरहेको सहयोग पनि रोकिन थालेपछि मेघा चिन्तित भएकी छन् । उनले आमालाई श्रीमान विकासले नभएको आरोप लगाएका कारण साह्रै चित्त दुखेको बताएकी छन् ।

उनले विवाह पछि र उपचारका क्रममा श्रीमान विकासले सहयोग गरेको भएपनि त्यसपछि टाढीदै गएको बताएकी छन् । उनले विकासले भनेका धेरै कुरा झुटो बोलेको बताएकी छन् । उनले आफु घर जान चाहेको भएपनि विकास आफैले लैजान नचाहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्