Light Nepal

बम पड्काउनेलाई प्रधानमन्त्रीको चेतावनीः अब सह्य हुँदैन्

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउने स्वार्थी तत्वहरुले प्रयास गरिरहेको उल्लेख गर्दै सचेत रहन आग्रह गरे । प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए ।

उनले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत्र दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भइरहेको दावी गरे ।

सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्न पनि सबैलाई आह्वान
गरे ।

प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै सह्य नहुने चेतावनी दिए । मुलुकमा विद्युतीकरण हुन नदिन त्यस्ता खालको गतिविधि भइरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्