Light Nepal

पार्टीका शीर्ष नेतावाट दवाव आएपछि नैनसिंह महरले सभापतिबाट राजीनामा दिने

काठमाडौं, २८ माघ । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले राजीनामा दिने भएका छन् । उनले सोमबार बस्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पुगेर राजीनामा पेश गर्ने जानकारी गराए । पछिल्लो समय पार्टी तथा नेविसंघ भित्र असन्तुष्टि बढेको भन्दै उनले राजीनामा दिन लागेका हुन् ।

पार्टीकै शीर्ष नेताबाट दबाब झेल्न नसकेको भन्दै महरले राजीनामाको बाटो अपनाएका हुन् । महरमाथि संगठन हाँक्ने क्षमता नभएको भन्दै कांग्रेस नेताहरुले नेविसंघ विघटन गर्न माग गर्दै आएका थिए ।

१२ औं महाधिवेशनको म्याद गुज्रेपछि महरले राजीनामा बुझाउन लागेका हुन्। मंसिर २ गते महाधिवेशन गर्ने कार्ययोजना पेश गरेपछि सहजीकरण संयन्त्रले १२ औं महाधिवेशन गर्न दुई महिना समयावधि थप गरेको थियो । गत साउनमा महाधिवेशनको समय तोकिए पनि उक्त समय महाधिवेशन हुन सकेन । त्यसपछि पुसको २८, २९ र ३० गतेका लागि तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि पार्टीभित्रै महरको राजीनामा मागिएको थियो ।

थपिएको म्याद पनि गुज्रिएपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले महरले पदबाट राजीनामा दिएर महाधिवेशनको बाटो खुल्ला गर्न आग्रह गरेका थिए । सोही बमोजिम महरले अध्यक्षबाट राजीनामा दिन लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्