Light Nepal

इपिएस पास गराउने सङ्ख्या र काेरिया प्रबेश काेटा बिच सन्तुलन हुनुपर्छ-डाेलीन के.शी

अहिलेसम्म कोरियामा ईपिएस बाट भित्रिने नेपाली कामदारको संख्या करीब ५०,००० नाघिसकेको छ।२००८ देखी सुरुभएको भाषा परीक्षा बीचमा २००९ र २०१२ लाई छोडेर लगातार भईरहेकाे छ।परीक्षा हुनु राम्रो हो सकेसम्म रोजगारीकाे लागी राम्रै ठाउमा जाऊँ,पैसा पनि राम्रै कमाऊँ भन्ने सोच अस्वाभाविक पनि होईन त्यसैले त बर्सेनी भाषा परीक्षाको फर्म भर्ने बेलामा पचासौ हजार युवाहरुको भिड लाग्ने गर्छ।सायद हाम्रो देशमा पनि पर्याप्त रोजगारिको अबसर हून्थ्यो र श्रमको सम्मान हुन्थ्यो भने यसरी बिदेसिन खोज्नेहरूको लाईन पक्कै पनि हुदैंनथ्यो होला।

जाँच दिने बेलामा नै जानकारी गराईएकाे हून्छ की भाषा परीक्षा उत्तीर्ण हुदैमा कोरिया जाने ग्यारेन्टी हूदैन भनेर तर पनि जब सकी नसकी दुःख गरेर अझै कति साथीहरू त ४-५ बर्ष सम्म फेल हुदै प्रयास गर्दै बल्लतल्ल पास हुन्छन।नेपालमा खासै जागीर र रोजगारी पनि हूदैन,पास भैसकेको थाहा पाएर जब साथी भाईहरू र आफन्त अनि छिमेकीहरु सोध्न थाल्छन,कोरिया जाने कैले हो?तेरो भिसा कैले आउछ?फलानोको छोरो/छोरी त कोरिया गएर यति पैसा पठाईसक्याे?साच्चै पास नै भएको त हौ?अनि सुरु हून्छ तनाव,हुन पनि हो सँगै पढेर पास भएका हरू अझै भनौ आफु भन्दा थोरै नम्बर ल्याएर पास भएका हरू कोरिया पुगेर लाखौ कमाईसकेका हून्छन आफु चाहीं भिसा कैले आउला आउला?आफ्नो आईडी खोल्याे दिनको २ पटक ,आज भिसा इस्यु होलानी छैन भोली होलानी छैन,अनि भाग्यलाई धिक्कार्यो उफ उफ उफ मेरो भाग्य थुक्क भन्याे बस्याे।

बास्तविकता

भासा पास भैसकेर जब नाम रोस्टर सूचिमा जान्छ (कोरियाको एच आर डी अफिसले रोस्टर तयार गर्छ),नेपालको ईपियस अफिसको काम सकिन्छ,त्यसपछी भिसा इस्यु हुने नहुने ,लेबर सम्झाैता आऊने नआऊने यस्ता काम हरू नेपाल बाट हूनै सक्दैन।कुन कामदार छान्ने?कस्तो छान्ने?कति उमेरको छान्ने?उचाई,ताैल कति भएकाे छान्ने?कम्पनिको कामको प्रकृति अनुसार कम्पनी मालिकले छान्ने गर्छ,यसमा कसैले दबाब दिन सक्ने,कसैले पावर लगाएर हुने,नेपाल बाट फ़ोन गरी यो मान्छेलाई छान्नु नछान्नु भनेर केही पनि हुनेवाला छैन।

निचोड चाहीं के हो भने बर्सेनि कोरियामा चाहिने कामदारको जून कोटा हुन्छ त्यो भन्दा निकै नै बढ़ी संख्यामा पास गराईनु चाही समस्या हो,सरसर्ति हेर्दा नेपाल बाट कोरिया बर्सेनि लगभग ७,००० को हाराहारिमा आईरहेका छन तर पास चाहीं त्यो भन्दा निकै नै बढ़ी गराउदा समस्या हुने गरेको छ,बर्सेनि कोरिया जान बाट बंचित भै आफ्नो २ बर्से समयसिमा सकीएपछि रोस्टर बाट हटनु परेको छ,यो दुःखद कुरा हो।या त रोस्टर मा भएका सबै सके पछी मात्र अर्को जाँच लिनु पर्यो,होईन भने यो खेलवाड किन?बर्सेनि फर्म भराउने पैसा लिने,पास गराउने?मेडिकल पनि गराउने अनि कोरिया आऊने बेलामा चाही ,सूचिबाटै नाम हटनु पर्ने?बरु १  बर्ष जाँच नभएर केही हूदैन तर पास मात्र बनाएर यो गाईजात्रा किन?सम्बन्धित पक्षको ध्यान जाओस।

पास हुदैमा जाने ग्यारेंटी हुदैन भन्दैमा ६/७ हजार कामदार चाहीएकाेमा १२/१५ हजार पास गराउने अनि बिजोग बनाउन पाईन्छ?सय/दुईसय जना को कुरा होईन हजारौ जना अहिले सम्म कोरिया जान नपाएर जिल्ल परिसकेका छन अहिले सम्म सबै कूरा पास हुदा समेत।अहिले कोरिया हुनु हुने मित्रहरूले इस्यु पीड़ित हरू जो हुनुहुन्छ२०१७/१८ का सबै(२०१६ सम्म का रोस्टर बाट हटिसक्नु भएकाे छ) उहाँ हरूलाई गाली नगरी दिनु होला भन्न चाहन्छु,बास्तबिक पिडा आफूले नभोग़ेसम्म थाहा हुदैन,सकारात्मक दबाब दिनु होला सम्बन्धित ठाउमा सबैले,यसकाे मतलब रत्नपार्कमा गएर आन्दोलन गर्नुपर्छ भन्ने चाहि नलागोस,धेरै भन्दा धेरै कोरिया आऊन सक्नुहाेस सबैलाई सुभकामना।

लेखक:डोलिन केसि

प्रतिक्रिया दिनुहोस्