Light Nepal

अमेरिकाको ईलिनोयमा अन्धाधुन्ध गोली प्रहार, ५ जनाको मृत्यु

काठमाडौं, फागुन ४ । अमेरिकाको ईलिनोय राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा ५ जनाको मृत्यु भएको छ ।

प्रहरीले तत्काल गरेको जवाफी कारबाहीमा परी आक्रमणकारीको मृत्यु भएको छ । ५ जना प्रहरी अधिकारी घाइते भएको बीबीसीले उल्लेख गरेको छ । औद्योगिक क्षेत्रमा ४५ वर्षिय ग्यारी मार्टिनले गोली प्रहार गरेका थिए ।

उनी सोही औद्योगिक क्षेत्रको एक उद्योगमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्