Light Nepal

दुइपक्षिय झडपमा जम्मू कास्मिरमा ६ जनाको मृत्यु

काठमाडौं, फागुन ६ । भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा विद्रोहीसँग भएको झडपमा चार जना भारतीय सैनिकको मृत्यु भएको छ । सेनाले विद्रोहीको अखडामा आक्रमण गर्दा दुई जना विद्रोही पनि मारिएका छन् ।

भारतीय सेनाका अनुसार सेनाले गरेको अपरेसनमा पुलवामा हमलाका योजनाकार भनिएका अब्दुल राशिद जागी र हिलाल अहमद मारिएका हुन् । गत विहिबार विद्रोहीले गरेको आक्रमणपछि सेनाले पुलवामा विशेष खोज अभियान चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्