Light Nepal

अमेरीकाबाट फर्केर शरणार्थी शिबिरमा सहयाेग, पुरानाे यादले भाबुक बनायाे (भिडियाे )

दमक ।  झापाको बेलडाँगी स्थित शरणार्थी शिबिरका केही दिन अघि भएको आगलागि पीडितहरुलाई आज एक कार्यक्रमका बीच राहत रकम बितरण गरिएको छ । माघ १३ गते आईतबार बेलडाँगी–२ को सेक्टर बि–४ मा भएको आगलागि बाट ८ वटा घर पुर्णरुपमा जलेर नष्ट भएका र ४ वटा क्षतीग्रस्त घरका आगलाडि पीडितहरुलाई आज आयोजित सत्यस्वरुप लाईभ ईन बेलडाँगी सांस्कृतिक कार्यक्रमका बिच नगद प्रदान गरिएको हो ।

आर्थिक सहयोग अमेरिकाको ओहायो राज्य स्थित कोलम्बसमा रहेको ग्लोबल ईन्टरनेश्नल मार्केट एलएलसी र सेंग्रीला कर्नर स्टोरले संयुक्त रुपमा बितरण गरेको थियो । कार्यक्रममा बोल्दै घिमिरेले आफु बेलडाँगी शिबिरको यो मञ्चमा अहिले उभिईरहदा पहिलाको दुःख पीडाहरु अनि साथीभाई संग बिताएका यादहरु झलझलि आईरहेको बताए ।

घर पुर्णरुपमा जलेर नष्ट भएका पीडितलाई प्रति परिवार ९ हजार , आंशिक क्षती पुगेका घरका पीडितहरुलाई प्रतिपरिवार ५ हजार , शिबिरमा रहेका अशक्त ३ परिवारलाई नगद ४ हजारका दरले अमेरिका बाट आउनु भएका ग्लोबल ईन्टरनेश्नल मार्केट एलएलसीका सिईओ राम घिमिरे र उनका पिताले प्रदान गर्नुभएको थियो । साथै सोही कार्यक्रमका अवसरमा सिबिर ब्यवस्थापन समितिलाई पनि नगद ५ हजार रुपैया आर्थिक सहयोग प्रदान गरिएको थियो ।

सिबिर ब्यवस्थापन समितिका सचिव टिकाराम रसाईलीले नगद ग्रहण गर्नुभएको थियो । पुर्ण रुपमा घर जलेर नष्ट भएका पीडित परिवार अनिता सुब्बा, चन्द्रकला सुब्बा, सुकमाया सुब्बा, मसिनिमाया राई, पुर्ण बहादुर सुब्बा, पदमलाल पोख्रेल, बिर्ख बहादुर राई र पर्शुराम राईलाई नगद ९ हजार रुपैया प्रदान गरिएको थियो । त्यस्तै घरमा आंशिक क्षती हुनेहरु पदमलाल पुवार, देबिमाया क्षेत्री, अम्बिका राई र मिना सुब्बालाई नगद ५ हजार प्रदान गरिएको थियो । त्यस्तै शिबिरमा रहेका अशक्त परिवारहरु रुपनारायणी अधिकारी, कृपा भट्टराई र टिकाराम मगरलाई नगद ४ हजार रुपैया प्रतिपरिवार प्रदान गरिएको थियो ।

भिडियाे हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्