Light Nepal

नेपालका प्राविधिकले तयार पारेको यो अचम्मको मोटरसाइकल, एक लिटर भन्दा कम पेट्रोलमा पुरै चक्रपथ परिक्रमा गर्छ (भिडियो हेर्नुस्)

काठमाडौं, १२ फागुन । एउटा अचम्मको प्रविधि बिचमा थियो । त्यसलाई घेरेर अचम्म मान्दै हेर्नेहरु थिए । एक जना ब्यक्ति जसको नाम पुर्ण वहादुर आले हो । उनले त्यो अचम्मको प्रविधि बनाएका थिए । तीनवटा पागंरा भएको त्यो बस्तु हेर्दा रिक्सा जस्तो देखिन्थ्यो । तर त्यसको स्पिड र प्रविधि मोटरसाइकलको थियो । तनहुंका पूर्णवहादुर आलेमगरले यो अचम्मको प्रविधि तयार गर्न एक महिना लाग्यो । इन्जिन ल्याउन, त्यसमा चाहिने अन्य सामग्री जुटाउन एक महिना लाग्यो भने जोडजाम गर्न भने एक दिनमै तयार भयो ।

यो प्रविधि पेट्रोलवाट चल्छ । यसमा एक एक लिटर भन्दा कम तेल जान्छ । त्यति तेलले काठमाण्डौको चक्रपथ पुरै घुम्न मिल्छ । उनले यसको नाम पकेट टाइसाइकल राखेका छन् । उनले अप्ठेरो बाटोमा बोक्न पनि मिल्ने हलुको मोटरसाइकल निर्माण गरेका हुन् । काठमाडौंमा उनी दशैं भन्दा अगाडी देखि नै चढेर हिड्ने गरेका छन् । उकालोमा पनि तान्न सक्ने यो मोटरसाइकल गज्जबको देखिन्छ । यसको तौल १४ किलो मात्र छ । त्यसैले जसले पनि यसलाई हेण्डल गर्न सक्छ । उनले अब यो पछि अर्काप्रविधि पनि बनाउने तयारी गरेका छन् । अब उकालो ओरालोमा पनि चढेर हिड्न मिल्ने प्रविधि तयार पार्ने सोच लिएर त्यसको तयारी पनि सुरु गरिसकेका छन् । उनी प्राविधिक काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस्