Light Nepal

टिकटकलाई लाग्यो यस्तो आरोप, ५७ लाख डलर जरिवाना तिर्नुपर्ने

एजेन्सी । छोटो भिडियो शेयरिङ एप टिकटकमाथि अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै जरिवाना लागेको छ । बालबालिका सम्बद्ध डाटाको गोपनियता सम्बन्धी मुद्दामा टिकटकले ५७ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ ।

साथै टिकटकले अबदेखि १३ वर्षभन्दा कम उमेरका बालबालिका प्रयोगकर्ताको गोपनियता सम्बन्धमा नयाँ व्यवस्था पनि लागू गर्नुपर्नेछ ।
अमेरिकाको संघीय व्यापार आयोगले टिकटकद्वारा कम उमेरका बालबालिकाका सामाग्रीहरु समेत विना रोकतोक संग्रहित तथा प्रशारण गर्ने गरेको जनाएको छ ।

स्मरण रहोस् सुरुमा म्युजिकली नामक एपको रुपमा रहेको यो एप पछि टिकटकमा समाहित भएको थियो । आयोगले बालबालिका सम्बद्ध सामाग्रीहरु हटाउन टिकटकलाई आदेश दिएको छ । अबदेखि अमेरिकामा टिकटक प्रयोगकर्ताले यस एपमा लगइन गर्नका लागि आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्