Light Nepal

तस्बिरमा हेर्नुस्, प्रधानमन्त्री ओली र सिके राउत एउटै मञ्चमा (फोटो फिचर)

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा चन्द्रकान्त राउत (सीके) एकै मञ्चमा देखिएका छन् । राउत आज नेकपामा प्रवेश गर्ने कार्यक्रम छ । सरकारसंग निरन्तर बार्तामा रहेका राउतले मधेस विखण्डनको मुद्दा छोडेर स्वतन्त्र राजनीतिमा प्रवेश गर्न लागेका हुन् ।

सिके राउतल राष्ट्र विखण्डनको मुद्दा छाडेर अखण्ड नेपाल स्वीकार्दै मुलधारको राजनीतिमा फर्किने भए पछि नेकपाका नेताहरु र राउत एउछ्टै मञ्चमा देखिएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित विशेष घोषणासभा कार्यक्रममा दुई पक्षबीच विभिन्न ११ बुँदे सहमतिमा पनि सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्