Light Nepal

भद्रगोलका ‘पाँडे’ भूमिकालाई लिएर विरोध भएपछि कलाकार अर्जुनले दिए यस्तो प्रतिकृया

काठमाडौं, २९ फागुन । आफ्नो भुमिकालाई लिएर एउटा समुहले विज्ञप्ती जारी गरेपछि नेपाल टेलिभिजनवाट प्रशारण हुने कार्यक्रम भद्रगोलका पाँडे पात्रले प्रतिकृया जनाएका छन् । पाँडे पात्रका नामवाट परिचित अर्जुन घिमिरेले ‘पाँडे’ र पाण्डेमा फरक रहने बताए।

उनले आफ्नो भूमिकाले पाण्डे थर भएकाहरुलाई कुनै असर नगर्ने बताएका छन् । उनले भने, जहाँसम्म मलाई लाग्छ पात्र ‘पाँडे’ र पाण्डेमा फरक छ। यो अभिनय गर्ने पात्र मात्र हो। ‘पाँडे’ले फटाइं गरेको मात्र देखाएका छैनौं। कमेडीलाई जातिसमुदायसँग नजोड्दा राम्रो हुन्छ।’

यो टेलिश्रृङ्खला ८ वर्षदेखि प्रसारणमा छ। उनी आफै सुरुदेखि नै उक्त भूमिकामा देखिँदै आएका छन्। टेलिश्रृङ्खलाले २०१ भाग पूरा गरेको छ। ‘कुनै संगठन संस्था, व्यक्तिलाई आक्षेप लगाउन जन्मेको पात्र होइन। नेपाल भनेको बहुभाषी, विभिन्न संस्कार संस्कृतिको देश हो’ उनले सुनाए , यहाँ विभिन्न पात्र निर्माण गर्दा कुनै न कुनै जाती र थरसँग मिल्न जान्छ। तर त्यो जातीलाई वा थरलाई नराम्रो गर्ने भन्ने हुँदैन। समाजकाका प्रवृत्तिलाई व्यङ्ग्य गर्ने पात्र मात्र हो।’

यसअघि सीताराम कट्टेल (धुर्मुस) ले निभाएको खड्का जी र मुस्कान पासाको उदाहरण दिँदै भने ‘खोई उहाँलाई खड्का र नेवार समुदायले आपत्ति जनाएर विज्ञप्ती निकालेको थाहा भएन।’ ‘हरिबहादुर र मदनबहादुर’ प्रसारणमा आउँदा पनि बहादुर समुदायले कतै आपत्ति नजनाएको उनको तर्क छ।

प्रतिक्रिया दिनुहोस्