Light Nepal

पूर्व गृहमन्त्री समेत रहेका जनार्दन शर्माले लिए मध्यमार्गी बाटो, सरकार र विप्लवलाई दिए यस्तो चुनौती

काठमाडौं, ३० फागुन । पूर्व गृहमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले नेकपाको विप्लव समुहलाई सरकारले लगाएको प्रतिबन्ध र विप्लवले मच्चाएको हिंसा दुवै गलत भएको बताएका छन् ।

नेता शर्माले सार्वजनिक रुपमा यस्तो अभिब्यक्ति दिएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत शर्माले सरकारले हालै विप्लवमाथि लगाएको प्रतिबन्ध को पनि विरोध गरेका छन् । साथै उनले विप्लव समुहवाट पछिल्लो समय भइरहेका कृयाकलाप पनि ठिक नभएको बताएका छन् । सरकारले विप्लव माथि लगाएको प्रतिवन्धको पार्टी भित्रै मतान्तर बढिरहेका बेला नेता शर्माको यस्तो भनाई आएको हो ।

उनले लेखेका छन्, ‘प्रतिबन्ध समाधान होइन, बम पडकाउनु त झन हुँदै होइन, चाहिएको समाधान हो । संविधान भित्रै मत, जनमत र अभिमत मार्फत खोजौं आ–आफना समाधान ।’

शर्माले दुवै पक्षलाई संविधानमार्फत पछिल्लो समस्याको निकास निकाल्न पनि सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्