Light Nepal

पशुपति शर्मालाई टक्कर दिँदै नेकपाका कलाकारले पेरिस डाँडामा गाए ‘लुट्नु हुन्न देश कान्छा’ (भिडियो हेर्नुस्)

काठमाडौं । गायक पशुपति शर्माले पछिल्लो समय सार्वजनिक गरेको ‘लुट्न सके लुट कान्छा’ भन्ने गीत विवादित भएपछि उनले युट्युववाट सो गीत हटाए । तर पनि यो गीत सामाजिक सञ्जालमा भाइरल छ ।

पशुपतिले पनि सांस्कृतिक कार्यक्रमहरुमा सो गीत गाउने गरेका छन् । उनको सोही गीतको जवाफ जसरी नेकपाका नेताले पनि अर्काे गीत तयार पारेका छन् । सो गीतलाई च्यालेञ्ज गर्दै तयार पारेको गीत विहिवार पूर्व माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा पार्टीका कलाकारहरुले गाएका छन् ।

‘लुट्नुहुन्न देश कान्छा लुट्नु हुन्न देश’ बोल रहेको गीत बिहीबार नेकपा कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतालाई मञ्चमा राखेर कलाकारले गाएका छन् ।

पशुपति शर्माले देशका बेथितिलाई लक्ष गरेर निकालेको गीत नेकपाकै युवा संघ लगायतको तीब्र विरोधपछि उनले युट्युबबाट हटाएका थिए। पेरिसडाँडामा आयोजित ‘सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम’ मा मा यो गीट्ट घन्किँदा सहिद परिवारका सदस्यहरू नाचेका थिए।

हेर्नुस् सुनिता डंगोलले खिचेको भिडियो

प्रतिक्रिया दिनुहोस्