Light Nepal

अर्काे महिना खुसी लिएर नेपाल आउने योजनामा रहेका रोल्पाका पृथ्वी बाकसमा फर्कदै, सडक दुर्घटनामा कतारमा गयो ज्यान

रोल्पा, ३० फागुन । वैदेशिक रोजगारीका लागि कतार पुगेकरका क्रममा कतार पुगेका रोल्पाका एक युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । रोल्पा नपा–२ रेउघा सिमलबाङका ३१ वर्षीय पृथ्वी बुढामगरको दोहामा बुधवार सडक दुर्घटनामा परी मृत्यु भएको परिवारले जनाएको छ ।

दुर्घटनापछि उनलाई अस्पताल पुर्‍याइएको थियो। तर उनी बाँच्न सकेनन् । उनको शव नेपाल ल्याउन दूतावास मार्फत कागजी प्रक्रिया मिलाउन त्यहाँस्थित युवाहरूले सहयोग गरिरहेका छन्।

लामो समयदेखि पृथ्वीले कतारस्थित एक कम्पनीमा गाडी चालकका रूपमा काम गर्दै आएको पारिवारिक स्रोतले जनाएको छ। अर्को महिना छुट्टीमा घर आउने तयारीमा रहेका पृथ्वीको दुर्घटनापछि भएको मृत्युको खबरले परिवार शोकमा छ।

प्रतिक्रिया दिनुहोस्