Light Nepal

इलामको माइपोखरी नजिक आगलागी, चार घर जलेर नष्ट

इलाम, ३० फागुन । इलामको उत्तरी पर्यटकीय स्थल माइपोखरी गेट अगाडीका घरमा आगलागी भएको छ । आगलागीवाछ चारवटा घर जलेर नष्ट भएका छन् । होटल सञ्चालन गरिएका घरमा आगलागी भएको हो ।

आगलागीमा निमदोर्जे शेर्पा, कमल मुखिया, चक्र मुखिया र लाक्पा शेर्पाको घर जलेको हो । आगलागी भएको ४५ मिनेटमा चारै वटा घर जलेर नष्ट भएको हो ।

दिउसो करिब एक वजे आगलागी सुरु भएको हो । स्थाआगो नजिकैको जंगलमा फैलन सक्ने संभावना भएकाले सुरक्षाकर्मी र स्थानीयले रुख ढाल्ने र आगो निभाउने काम गरिरहेका छन् । आगो निभाउने र क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

चक्र मुखियाको भान्साबाट सल्किएको आगो अनियन्त्रित रुपमा फैलिएको हो । धार्मिक तथा नजिकै रहेको वनमा समेत आगलागी सुरु भइसकेको स्थानीय दिनेश सुवेदीले बताएका छन्। स्थानीय र शुरक्षाकर्मीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्