Light Nepal

जुत्ता लगाउँदा ध्यान दिनु भएन भने प्राणघात रोग लाग्न सक्छ

जुत्ता लगाउने विषयलाई सामान्य रुपमा लिने गरिएको छ, अर्थात यसलाई फेशनसँग जोडेर मात्रै हेर्ने गरिएको छ । तर, जुत्ता लगाउँदा केही कुरामा ध्यान दिन नसकिए प्राणघातक क्यान्सर पनि लाग्न सक्छ । आजकल नयाँ फेसन चलेको छ, बिना मोजा जुत्ता लगाउनु ।

तर, यसको नतिजा भने नराम्रो हुनसक्छ । अर्थात् यसले स्वास्थ्यमा नराम्रो असर गर्छ । विशेषज्ञहरुका अनुसार बिना मोजा जुत्ता लगाउनाले त्वचामा असर गर्छ । बिना मोजा जुत्ता लगाउँदा खुट्टाबाट निस्कने पसिना जुत्ताको कपडासम्म पुग्न जान्छ ।जसले गर्दा त्यहाँ ब्याक्टेरिया जम्न लाग्छन् । यसले गर्दा खुट्टामा ठूलै संक्रमण पनि हुन सक्छ । बिना मोजा जुत्ता लगाउँदा तपाईंको खुट्टा चिलाउनुका साथै छाला निस्कने समस्या निम्तिन्छ । यसले खुट्टामा एक प्रकारको दाद बन्छ । जो पछि क्यान्सरको कारण पनि हुन सक्छ ।

भिडियो:-

प्रतिक्रिया दिनुहोस्