Light Nepal

दाउफिन्स माइभ्याली गोल्डकपको सेमिफाइनलमा

इलाम, चैत १ । क्यामरुनको दाउफिन्स क्लब इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ ले पराजित गर्दै दाउफिन्स अन्तिम चारमा पुगेको हो ।

खेलको १४औं मिनेटमा मिसिकको हेडगोलमार्फत् दाउफिन्सले अग्रता लिएको थियो । २०औं मिनेटमा मिसिकेकै क्रसपासलाई सदुपयोग गर्दै दाउफिन्सका पेटेंगाले टिमका लागि दोस्रो गोल गरे ।

पेटेंगाले नै खेलको ६२औं मिनेटमा अर्को गोल गर्दै दाउफिन्सलाई शानदार जित दिलाए । सशस्त्रका हरि कार्कीले ३५औं एक सान्त्वना गोल फर्काएका थिए ।

खेलको ‘म्यान अफ दी म्याच’ दाउफिन्सका पेटेंगा घोषित भए । उनले १० हजार रुपैयाँ पाए । प्रतियोगिताअन्तर्गत् शुक्रबार हुने अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लब र मेची नेत्रालय झापाबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्