Light Nepal

७ वर्षका बाल बैज्ञानिक जो मृत्युसंग लडिरहेका छन्, यसरी रुँदै मागे जिवनको भिख: कृपया यो भिडियो शेयर गरेर आर्थिक सहयोग जुटाउन सहयोग गरिदिनुस् (भिडियो सहित)

काठमाडौं । बनेपाका ७ वर्षका वेल्सन भारती जो भविष्यमा वैज्ञानिक बन्न चाहन्छन् । त्यसैले उनी विद्यालयमा पनि अनेक नयाँ नयाँ कुराको परिक्षण
गरिरहन्थे । त्यसैले साथीभाई र शिक्षक शिक्षिकाले उनलाई साइन्टिस बेवी भन्थे । अक्फोर्ड प्राक्टिकल स्कूलमा अध्ययनरत उनको यो ट्यालेन्ट देखेर उनका बुवा जितेन भारती र कबिता कार्की भारती पनि निकै खुसी थिए । तर त्यो खुसी अहिले भने लुटिएको छ । भविष्यमा बैज्ञानिक बन्ने उद्येश्य लिएका वेल्सन अहिले आफ्नो जिवन बचाईदिनु भन्दै सबैसंग अपिल गरिरहेका छन् ।

हामीलाई सानो रोग लागेपछि कति आत्तिन्छौं । तर यि ७ वर्षका बालकलाई थाहा छ उनलाई ब्लड क्यान्सर भएको छ । त्यो कुरा पहिलो पटक थाहा पाउँदा उनको मनमा कस्तो भयो होला ? हामीले अनुमान पनि लगाउन सक्दैनौं । तर उनले आफुलाई सम्हालेका छन् । त्यसैले त कान्ति बाल अस्पतालमा उनको उपचार गरिरहेका चिकित्सक पनि छक्क पर्छन । उनको आत्मविश्वास देखेर । पहिलो पटक गालामा सानो दाग देखिए पछि अस्पतालमा जाँच गराउन गएका उनका बुवाआमाले गएको तिहार लगत्तै छोरालाई ब्लड क्यान्सर भएको जानकारी गराए । चिकित्सकले त्यती मात्र भनेनन् उनका छोरा वेल्सन अत्तिम अवस्थामा पुगीसकेको बताएपछि आमा बुवा दुवै अस्पतालमै वेहोस भए ।

अहिले चार महिना भयो छोराको यस्तो अवस्था भएदेखि आमा कबिताको आँखा ओभाएका छैनन् । उनले रुँदै सबैसंग आफ्नो छोरा बचाईदिन अपिल गरेकी छन् । ति ७ वर्षका बालक जसको खेल्ने कुद्ने र रमाइलो गर्ने उमेर छ उनी आफै यसरी आफ्नो जिवन बचाउन सहयोग गरिदिनु भन्दै रुँदै विलौना गरेका छन् । ब्लड ट्रान्सप्लान्ट गर्यो भने चिकित्सकले बाँच्ने सक्ने बताएपछि आमाबुवामा केही आश पलाएको छ । तर त्यसका लागि ठूलो रकमको आवश्यकता छ । त्यसैले बालकका आमाबुवाले देश र विदेशमा बस्ने नेपालीहरुसंग आर्थिक सहयोगको अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्