Light Nepal

कंगोमा रेल दुर्घटना, २४ जनाको मृत्यु, मृत्यु हुनेमा अधिकांश बालबालिका

कंगो । कंगोमा मालवाहक रेल दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । ३१ जना घाइते छन् । मृत्यु हुनेमा अधिकांश बालबालिका छन् । कासाइ प्रान्तको उत्तरी कनंगास्थित बेना लेकामा आइतबार उक्त रेल दुर्घटना भएको प्रहरीको हवाला दिँदै अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । बेना लाकास्थित प्रहरीले एएफपीलाई जनाए अनुसार अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अरु घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनापछि उद्धारका लागि प्रहरी जुटेको छ । घाइतेहरुलाई अस्पताल पुर्याइएको छ । प्रहरीले ३१ जनालाई काकेंगेस्थित क्लाउड सिमांगा अस्पताल पुर्याएको जनाएको छ ।मिडियाका अनुसार एक महिनाको आसपासको अवधिमा यो तेस्रो रेल दुर्घटना हो । कंगोमा असुरक्षित लिकका कारण रेलको यात्रा असुरक्षित मानिन्छ । यसअघि पनि धेरै पटक रेल दुर्घटना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्