Light Nepal

दुई वर्ष देखि आफ्नै छोरीलाई बाबुले पटक-पटक गरे बलात्कार, आमाले दिइन् पति विरुद्ध प्रहरीमा उजुरी

रुकुम, ५ चैत । रुकुम पश्चिम आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा रुकुमका एकजना पक्राउ परेका छन् । छोरीलाई बलात्कार गरेको भन्दै आमाले उजुरी दिएपछि प्रहरीले बुवालाई पक्राउ गरेको छ । आमा माइत गएको बेलामा छोरीलाई एक्लै पारेर बलात्कार गरेका बाबु विरुद्ध आमाले उजुरी दिएकी हुन् । चैत १ गते नै ति बाबु विरुद्ध प्रहरीमा उजुरी परेको थियो । प्रहरीले सोमवार उजुरीका आधारमा बाबुलाई पक्राउ गरेको छ ।

सानीभेरी गाउँपालिकाका ३४ वर्षीय पुरुषलाई आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ परेका हुन् । बलात्कार गरेको उजूरीको आधारमा उनलाई सोमबार पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनले विगत दुई वर्ष देखि आफ्नै छोरीलाई पटक पटक बलात्कार गर्दै आएको पीडितले प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बताएकी छन् ।

उनीले चैत १ गते पछिल्लो पटक छोरीमाथि बलात्कार गरेको भन्दै उजुरी परेको हो । आमा माइत गएको बेलामा साथीको घरमा बस्न गएकी छोरीलाई जबरजस्ती साथीको घरवाट ल्याएर बाटोमै बलात्कार गरेको भन्दै प्रहरीकहाँ उजुरी परेको हो । विद्यालय गएकी छोरी घर नआएर साथीकहाँ बस्न गएकी थिइन् । उनलाई बाबुले जबरजस्ती घर जाने भनेर साथीको घरवाट लिएर आएका थिए । उनले जबर्जस्ती घर लैजाने क्रममा बाटोमै पर्ने एक व्यक्तिको गोठमा बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् ।

किशोरीकी आमाले सानीभेरी गाउँपालिका पूर्तिमकाँडामा रहेको प्रहरी चौकीमा उजूरी दिएकी थिइन् । उक्त उजूरीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चैत ४ गते बेलुकी ४ बजे लुकिछिपी रहेको अवस्थामा उनलाई पक्राउ गरी आवश्यक अनुन्धान अघि बढाइएको डिएसपी खड्काले बताए । उनले छोरीमाथि दुई वर्षदेखि निरन्तर जबर्जस्ती करणी गर्दैआएको प्रहरीमा दिइएको उजूरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्