Light Nepal

काभ्रेमा विप्लव समुहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

काठमाडौं, ५ चैत । काभ्रेमा नेकपाको विप्लव समुहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको हो । घटनामा दुई जना विप्लवका कार्यकर्ता पक्राउ परेको प्रारम्भिक जानकारी आएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले घटनाको पुष्टि गरेका छन् । घटनाको थप विवरण आउदै छ ।

विप्लव समूहका मान्छेको गतिविधि भएको भन्ने सूचनाका आधारमा त्यसतर्फ लागेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोली प्रहार गरेको तर कसैलाई पनि गोली जनाएको छ । पक्राउ गर्ने क्रममा प्रहरीतर्फ नै गोली चलाएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्