Light Nepal

बलिउड अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्ने !

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली यु्वकसँग बिहे गर्ने भएकी छिन् । भारतीय मिडिया नवभारत टाइम्सकाअनुसार श्रद्धा चाँडै नै नेपालकी बुहारी बन्ने भएकी छिन् । बलिउडका लागि पछिल्लो वर्ष विवाहको मौसम रह्यो । सोनम कपुर–आनन्द अहूजा, दीपिका पादुकोण–रणबीर सिंह, प्रियंका चोपडा–निक जोनसजस्ता सेलिब्रिटीले सन् २०१८ मा विवाह गरे ।

श्रद्धा अर्को वर्षसम्म आफ्ना प्रेमी सेलिब्रिटी फोटोग्राफर रोहन श्रेष्ठसँग विवाह गर्न सक्छिन् । रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोराहुन् । बलिउड बबलका अनुसार श्रद्धा गत एक वर्षदेखि रोहनसँग डेट गरिरहेकी छिन् । दुबैले एक अर्कालाई लामो समयदेखि चिन्दछन् ।

३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।

रोहनको जन्म भारतको मुम्बईमा भएको हो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए । उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भए ।

रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् । उनले बलिउडका शीर्ष कलाकारको फोटोसुट पनि गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्