Light Nepal

कांग्रेस नेता सिटौला आईसीयूमा भर्ना

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका नेता तथा कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन्। सिटौलाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि शुक्रवार साँझ उनलाई धुम्बाराहीस्थित हृयाम्स अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ।

उनको उपचारमा डा।अर्जुन कार्की, राजु पंगेनी, भुपेन्द्र बस्नेत, सबिन कोइराला लगायतको टिम संलग्न छन्। पूर्व गृहमन्त्रीसमेत रहेका सिटौलाको रगतमा हेमोग्लोबिनको कमी भएको र आन्तरिक रक्तश्राव भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्