Light Nepal

अचानक स्वास्थ्यमा गडबडी भएपछि कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना

काठमाडौं, चैत ८ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन्। अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी शुक्रबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन्। उनको अहिले आइसियूमा राखेर उपचार भइरहेको छ।

उनका सहयोगी किरण सिटौलाका अनुसार चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचापसमेत घटेको बताएका छन्। डा भगवान कोइरालासहितको टिमले उनको उपचार गरिरहेका छन्।

रगतको मात्रा बढाउनका लागि अहिले नेता सिटौलालाई रगत दिइँदै गरिएको सांसद भिमसेनदास प्रधानले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्