Light Nepal

राजदूत पाण्डेको स्वागत मलेसियामा भब्य तयारी हुदै

क्वालालम्पुर१३ चैत्र । मलेसियामा क्रियाशील नेपाली सङ्घसं स्थाहरु सँगको समन्वय र सहकार्यमा यहि मार्च ३१तारिख
मलेसियाका लागि नबनियुक्त राजदूत उदयराज पाण्डेलाई स्वागत गने कार्यक्रम तय गरिएको छ ।

नेपाली ब्याबसायी समाज मलेसिया , सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (FONiJ) मलेसिया , भोजपुर समाज मलेसिया , खोटाङ सेवा समाज मलेसिया , दोलखा समाज मलेसिया गैर आवासीय नेपाली सितेरियो कराते संघ मलेसिया , खप्तडि बस्नेत परिवार मलेसियासहितको सहकार्यमा ३१ मार्च २०१९ आइतबार साँझ ५ बजे Hotel Grand Continental को सभा हलमा स्वागत कार्यक्रम गर्न लागेको सुदुरपश्चिमेलि नेपाली समाज मलेसियाका केन्द्रीय अध्यक्ष समिर मल्लले जानकारी दिएका छन् ।

साउदी अरवमा राजदूत भएर काम गरिसकेका पाण्डे अनुभवी र एक्शन ओरियन्टेड मानिन्छन् । राजनैतिक भागवण्डामा राजदूत बनेका भएपनि सबै नेपालीको पक्षमा काम गर्ने प्रतिवद्धता दिदै र आएका छन ।

मलेसियामा नयाँ कामदार जान नपाउँदा पहिलादेखि कार्यरत कामदारलाई कम्पनी छोड्ने गरेको छैन । जसका कारण कयौ नेपाली कामदार भिषा सकिएर गैरकानूनी भयर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्