Light Nepal

मलेसियामा पहिलो पटक सयुक्त कार्यक्रम , राजदुत पाण्डेको भव्य स्वागत

मलेसिया ।मलेसियामा रहेका विभिन्न क्रियाशील सामाजिक संघ संस्थाहरुलेको सयुक्त रुपमा आईतबार कार्यक्रम आयोजना गरि मलेसियाका लागि नव नियुक्त महामहिम राजदुत उदयराज पाण्डेको भब्य स्वागत गरेका छन ।

उक्त कार्यक्रममा मलेसियामा गठित ब्यबसायी, क्रियासिल संघ संस्था, पत्रकार, कलाकार, एयरलाइन्स, ब्यवसायि, रेमिटेन्स कम्पनि, राजनितिक दलका प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली व्यवसायी समाजका अध्यक्ष इन्द्र नारायण लिम्बुको सभापतित्वमा सुरु भएको कार्यक्रमका प्रमुख अथितिको मलेसियाका लागि नव नियुक्त राजदुत महामहिम उदयराज पाण्डे रहनु भएको थियो भने विशेष अथिति,एनआरएनए पुर्व अध्यक्ष निर्वाचन सल्लाहकार संकर बहादुर पौडेल,एनआरएनए मलेसियाका कार्यबाहक अध्यक्ष टेक बहादुर धित ,रहनु भएको थियो ।

सुदूरपश्चिममेलि नेपाली समाज मलेसियाका केन्द्रिय अध्यक्ष समीर मल्लले स्वागत मन्तव्य राख्नु भएको थियो ।
मलेसियामा रहेका विभिन्न क्रियासिल संघ संस्थाहरु बीच आपसी एकता, सदभाव र सहकार्य गरेर अगाडी बढेमा यहाँ रहेका नेपालि हरुको समस्या लाई अधिक रुपमा समाधान गर्न नेपाली दुताबास लाई सहयोग पुग्ने र नेपाली दुतावासले पनि सबैसंग सहकार्य गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

मलेसियाका लागि नवनियुक्त राजदुत महामहिम राजदूत उदयराज पाण्डे प्रमुख अथितिको आसनबाट बोल्दै आयोजक हरुलाई धन्यवाद दिँदै क्रियासिल सामाजिक संघ संस्था हरुले भोलिको दिनमा मलेसियामा रहेका नेपालि समुदाय लाई आइपर्ने विभिन्न किसिमका समस्या हरुको सामुहिक रुपमा नेपाली दुताबास संग सहकार्य गरेर उक्त समस्या लाई समाधान गर्ने सदैव तत्पर भएर लाग्ने बताउनु भएको छ ,

सोहि स्वागत कार्यक्रमका बिच एनआरएनए मलेसियाका का अध्यक्ष सुदुर पश्चिमेली नेपाली समाज मलेसिया सल्लाहकार टेकबहादुर धितको जन्मोत्सव पनि केक काटिएर भब्य रुपमा मनाएको थियो ।

कार्यक्रमको सहजिकरण आदिबासी जनजाती माहासंघ मलेसियाका सचिव इस्वर राइले गर्नु भएको थियो । उक्त कार्यक्रममा मलेसियाको क्वालालाम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटलको सभा हलमा समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्