Light Nepal

भारतका यी बालक जस्ले आफ्नो साईकलले किचेको चल्ला र पैसा बोकेर अस्पताल पुगे

भारत, चैत २१ । भारत मिजोरम राज्यका एक बालकको साइकलले दुर्घटनाबस कुखुराको एउटा चल्ला किच्यो । त्यसपछि जे भयो, त्यसले धेरै मानिसमा एकसाथ आश्चर्य, करुणा र मानवताको भाव पैदा गरायो ।

इन्डिया टाइम्स डटकमका अनुसार ती बालकले चलाएको साइकलले गल्तीबस छिमेकीको चल्ला किच्यो । त्यसपछि उनी आफूसँग भएको पैसा र चल्ला बोकेर तत्कालै नजिकैको अस्पतालमा पुगे ।

जब त्यो तस्बिर फेसबुकमा पोस्ट भयो लगत्तै हजारौले सेयर गरे, जसमा सयौ प्रतिक्रिया जनाइयो । यो तस्बिर यतिखेर भारतका साथै धेरैतिर भाइरल बनेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्