Light Nepal

बुद्धिसागरको ‘परेलीले बात गर्ने’ मा अन्जली र र महेशको यस्तो प्रेम (भिडियोसहित)

काठमाडौं, बैशाख २ । लोक तथा दोहोरी गायक बुद्धिसागर बस्यालको गजलगीत परेलीले बजारमा आएको छ । गायक बस्यालको आवाजमा नयाँ बर्षको अवसर पारेर बजारमा ल्याएको परेलीमा गजलमा रमेश थापाको शव्द रहेको छ भने महेश खड्काको संगीत रहेको छ ।

बुढेशकालैमा गीतबाट लाखौ दर्शक, श्रोताको मन जित्न सफल गायक बस्यालको केहि समयको अन्तरालमा यो गीत बजारमा आएको हो । धेरैजसो लोकगीतमा सुनिएका गायक बस्याललाई यो पटक गजलगीतमा सुन्न सकिने छ ।

‘परेलीले बात गर्ने कस्तो तिम्रो बानी रैछ, प्यास लाग्यो आउ कि न आउ तिम्रो घरमा पानी रैछ’

यी शब्द रहेका उक्त गीतमा अन्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन शान थापाले गरेको हुन भने छायांकन अर्जुन तिवारीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्