Light Nepal

आजदेखि मुलुकभर विद्यालय भर्ना अभियान सुरु, ७ सय ५३ स्थानीय तहमै घरदैलो अभियान

काठमाडौं, बैशाख २ । विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई पठनपाठनमा अभिप्रेरित गर्ने उद्देश्यले सरकारले आजदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सुरु गरेको छ ।  ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले भर्ना अभियान सुरु गर्न लागेको हो ।

अभियान अन्तर्गत सोमबारदेखि ७ सय ५३ स्थानीय तहमै घरदैलो अभियान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवश्रोत विकास केन्द्रले विद्यालय बाहिर रहेका ९१ हजार बालबालिकालाई भर्ना अभियानमार्फत विद्यालय भर्ना गरिने केन्द्रका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

गएको वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेकामा यो बर्ष बढेर ९१ हजार बालबालिका विद्यालय बाहिर पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

पाँचदेखि नौ बर्ष उमेर समूहका २५ लाख ८३ हजार बालबालिकामध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालय भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्