Light Nepal

विप्लव समुहका शिक्षक नेताले पनि पाए राष्ट्रपतिवाट सम्मान

काठमाडौं, २ वैशाख । ध्वंसात्मक गतिविधि गरेको आरोपमा सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको भातृ संगठनका नेताले पनि राष्ट्रपतिवाट सम्मान पाएका छन् । सो पार्टीका शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठक प्रवल राष्ट्रपति विद्यादेवी भण्डारीवाट सम्मानित भएका हुन् । उनलाई राष्ट्रपति भण्डारीले प्रवल जनसेवाश्री पदकबाट सम्मानित गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई पदक वितरण गरेकी हुन्।

उनी प्रधानअध्यापक रहेको विद्यालय पढाईमा अब्बल छ । उनी बुटवल उपमहानगरपालिका वडा नम्बर १० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्। शैक्षिक गतिविधिमा अब्बल भएकै कारण यो स्कुलले थुप्रै पटक राष्ट्रियस्तरको शिक्षा पुरस्कार प्राप्त गरिसकेको छ। यो स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्म ५ हजार ५२९ विद्यार्थी अध्ययनरत छन्। पेशा शिक्षक भएपनि वैचारिक निष्ठा राख्नु आफ्नो अपराध नभएको पाठकले प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्