Light Nepal

उपराष्ट्रपतिद्वारा रसुवागढी जलविद्युत आयोजनाको निरीक्षण

काठमाडौं, बैशाख २ ।  उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सोमवार यहाँ स्थलगत निरीक्षण गरेका छन् । रसुवागढी जलविद्युत कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगतिबारेमा उपराष्ट्रपति पुनले चासो व्यक्त गर्दै आयोजनाको काम प्रति सन्तोष व्यक्त गरे ।

उनले तोकिएको समयमा नै आयोजनाको काम सम्पन्न गर्न आयोजनाका प्रमुख तथा पदाधिकारीलाई आग्रह गरे । गोसाइँकुण्ड गाउँपालिका १ र २ मा बनाउँदै गरिएको कुल १११ मेगावाटको सो आयोजनाको हाल सम्म ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

योजनाको अवस्था र प्रगतिका बारेमा उपराष्ट्रपति पुनलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र रसुवागढी आयोजनाका निमित्त कार्यकारी प्रमुख छवि गैरेले जानकारी गराएका थिए ।

उपराष्ट्रपतिका साथ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का जिल्ला अध्यक्ष कर्णेल तामाङलगायत स्थानीय नेता तथा कार्यकर्ता सहभागी थिए । यस्तै उपराष्ट्रपतिले आइतवार नै गोसाइँकुण्ड, ऐतिहासिक रसुवागढी र निर्माणाधीन एकीकृत भन्सार कार्यालयको पनि स्थलगत निरीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्