Light Nepal

पर्यटक बस सडकबाट खस्दा कम्तिमा २८ जनाको मृत्यु

पोर्चुगल, वैशाख ५ । पोर्चुगलमा गएराति पर्यटक सवार बस दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । अन्य २८ जना घाइते भएका छन् । जर्मन पर्यटक सवार बस पोर्चुगलको आइल्याण्ड मडेइरामा सडकबाट खसेर दुर्घटना भएको हो ।

पोर्चुगलको राष्ट्रिय समाचार संस्था लुसाका अनुसार चालकले बसको नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । अहिलेसम्म ज्यान गुमाएको पुष्टि भएका मध्ये ११ जना पुरुष र १७ जना महिला छन् । बसमा ५५ जना यात्रु रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्