Light Nepal

भ्रष्टाचारको आरोपमा प्रहरीले पक्राउ गर्न खोजेपछि पेरुका पूर्वराष्ट्रपतिले आफैलाई हाने गोली

एजेन्सी । भ्रष्टाचारको आरोप लागेका दक्षिण अमेरिकी मुलुक पेरुका पूर्व राष्ट्रपति एलान गार्सियाले आफैलाई गोली प्रहार गरेका छन् । भ्रष्टाचारको आरोपमा प्रहरी उनलार्य पक्राउ गर्न घरमै पुग्न लागेपछि उनले आफैलाई गोली हानेका हुन् । प्रहरी घरमा आइपुग्नु अघि उनले आफ्नो गर्धन गोली हानेका थिए। गार्सियाले ब्राजिलियाली निर्माण कम्पनीबाट गैरकानुनी रुपमा रकम लिएको उनी माथि आरोप लगाइएको छ ।

गोली लागेका पूर्वराष्ट्रपति गम्भिर घाइते भएको गार्सियाका वकिलले जनाएका छन् । उनलाई राजधानी लिमाको एक अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको
छ । गार्सिया पेरुमा दुई पटक राष्ट्रपति भएका थिए। सन् १९८५ देखि सन् १९९० सम्म पहिलो पटक राष्ट्रपति भएका उनी सन् २००६ देखि २०११ दोस्रो पटक राष्ट्रपति भए।

दोस्रो पटक राष्ट्रपति हुँदा उनले सो ब्राजिलियाली कम्पनीबाट घुस लिएको आरोप लागेको हो । उनी अनुसन्धानमा परेका छन् । ब्राजिलियाली कम्पनी ओबेद्रेचले सन् २०१६ मा आफूले ल्याटिन अमेरिकी देशमा ठूलो पूर्वाधार निर्माणका ठेक्का लिँदा ८० करोड अमेरिकी डलर घुस खाएको स्वीकार गरेको थियो।

त्यसलाई ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो घुस काण्डको रुपमा लिने गरिएको छ। सो कम्पनीले पेरुका राजनीतिज्ञहरुलाई ३ करोड अमेरिकी डलर घुस दिएको समाचारहरुमा जनाएको छ।

प्रतिक्रिया दिनुहोस्